आज ५ बजे प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको भेट

129

साझा पत्र
११, मंसिर/बिहिवार ।
दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाकोे आज ५ बजे प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता हुनेभएको छ ।

बिहीबार विहान काठमाडौं आएका उनी अहिले दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्तामा छन् । होटल याक एण्ड यतीमा जारी वार्ता सकिएपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्नेछन् । त्यसक्रममा उनले दुई हजार भाइल रेमडिसिभिर हस्तान्तरण गर्ने कार्यक्रम छ ।

विदेश सचिव श्रृंगलाले साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । बालुवाटारको भेटपछि उनी शितल निवास जानेछन् र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनी भोलि गोरखा र मनाङ जानेछन् । गोरखामा भारतीय सहयोगमा बनिरहेको घरहरुको अवलोकन गर्नुका साथै तीन विद्यालयको उद्घाटन गर्नेछन् । मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ ।

उनी भोलि नै भारत फर्किनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here