अविशेक सुनार
१४, मंसिर/आईतवार ।
सैनामैना नगरपालिका कृषि विकास शाखाले नगरबासीलाई ५० प्रतिशत अनुदानमा मौरीघार वितरण गरेको छ । आईतवार एक कार्यक्रमका बिच नगरपालिकाले नगरका स्थानियलाई मौरीघार वितरण गरेको हो ।

सोही अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा मौरी पालन सहकारी केन्दि«य संघका अध्यक्ष अर्जुन पोख्रेलले कृषकलाई मौरी पालनमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । मौरी पालन गर्ने क्रममा आईपर्ने हरेक समस्याको समाधानको लागि आफु तयार रहेको समेत पोख्रेलले बताउनुभएको छ ।
पोख्रेलले मौरी पालनबाट बालिनालीको रोगको प्रकोप कम हुने बताउनुभएको छ । तोरी लगायतका गुलिया बालिको रस मौरीले चुसीसकेपछि त्यसमा लाग्ने किराहरुले बच्चाको विकास गर्न सक्दैन जसले गर्दा किराहरु नाश भई बाली राम्ररी सप्रन्छ । त्यस्तै मौरीले बालिनाली को परागसेचनमा महत्वपुर्ण भूमिका खेल्ने पोख्रेलको भनाई रहेको छ ।

त्यस्तै कार्यक्रमका अध्यक्ष सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले नगरका कृषकका लागि चुनौति पुर्ण काम रहेको र मिहिनत गर्नेले मनग्य आम्दानी गर्न सक्ने बताउनुभएको छ । कृषि क्षेत्रमा व्यक्तित्व विकास गर्न चाहने कृषकका लागि नगरले लामो समयदेखि सहयोग गर्दै आएको कार्कीले बताउनुभएको छ ।
कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख विना राना, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीको विशिष्ट अतिथ्यता, कृषी शाखा प्रमुख सिर्जना खनालको स्वागत मन्तव्य रहेको थियो भने कृषि शाखाका प्राविधिक रबिन्द« ज्ञवालीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।