सैनामैनामा खुल्ला नकआउट फुटबल प्रतियोगिता हुँदै

150

साझा पत्र
३, माघ/शनिवार ।
रुपन्देहीको सैनामैना नगरपालिकामा खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । नगरपालिकाको वडा नं. ४ रन्यौरा स्थित आदर्श युवा क्लवले माघ ३ गते शनिबारदेखि १५ गतेसम्म लहरेपिपल टोल विकास संस्था स्थित क्लवकै खेल मैदानमा प्रथम आदर्श कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिता आयोजन गर्न लागिएको जनाएको छ ।

शुक्रबार खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा क्लवले स्थानीयस्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउनुका साथै आन्तरिक खेलकुदको विकासमा पनि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ फुटबल प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष कोषराज बस्नेतले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लवका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक विकास बस्नेतले बताउनुभयो । उहाँका अनुसार रुपन्देहीका विभिन्न स्थानका फुटबल टिम सँगै पाल्पा जिल्लाबाट पनि फुटबल टिमको सहभागिता रहनेछ ।

टिममा मुर्गिया फुटबल क्लव मुर्गिया, न्यु इरा युवा क्लव बनकट्टा, दर्शन युवा क्लव जर्लैया सालझण्डी, राइजिङ ११ गोलपार्क, दमकडा फुटबल क्लव पाल्पा, सिद्धार्थ फुटबल क्लव देवदह, हरीहरपुर फुटबल क्लव हरिहरपुर, फर्साटिकर फुटबल क्लव फर्साटिकर, जुनिएर आरके फुटबल क्लव पुरानो बसपार्क, रामपुर फुटबल क्लव खैरेनी, हिमालयन फुटबल क्लव दियो, सित्तल युवा क्लव सितलापुर, न्यु एभरेष्ट युवा क्लव मैनैया, स्वालम्ब युवा क्लव फुलबारी सालझण्डी, र आयोजक आदर्श युवा क्लव रहेका छन् ।

प्रतियोगिताको विजेता टिमले ५१ हजार १ सय ११ र उप विजेताले ३१ हजार १ सय ११ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर,स्ट्राईकर, प्लेयर अफ द टुर्नामेण्ट र म्यान अफ द म्याच हुने खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगताको उद्घाटन शनिबार दिउँसो सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गर्नुहुनेछ । प्रतियोगिताको उदघाटन खेलमा मुर्गिया फुटबल क्लव र न्यु इरा युवा क्लव बनकट्टा बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

“समाज परिवर्तनका लागि युवा” भन्ने मूल नाराका साथ स्थापित आदर्श युवा क्लबले खेलकुदसँगै समाजका अन्य उत्तरदायित्वहरुलाई पनि वहन गर्दै विभिन्न समयमा सामाजिक काम गर्दै आएको छ । यसअघि क्लवले बृद्धबृद्धाहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान समेत गरेको थियो । फुटबल प्रयिोगितामा मुर्गिया फुटबल क्लब, सैनामैना–४ को सहयोग रहनेछ ।

क्लवका अध्यक्ष कोषराज बस्नेतको अध्यक्षता, लहरेपिपल टोल विकास संस्थाका अध्यक्ष मन बहादुर थापा, एन्फाका रेफ्री विष्णु प्रसाद पौडेल,समाजसेवी सुधिर गुप्ताको आतिथ्यता तथा उपाध्यक्ष प्रेम न्यौपानेको स्वागतमा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here