२० सैनिक सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

493


साझा पत्र
१०, भदौ ।

गण्डकी प्रदेशमा आज ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द« पोखरामा गरिएको परिक्षणमा बुधबार बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा २ महिला र ३० पुरुष गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीमा २, लमजुङमा २३ र नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट र कावासोतीमा गरी ७ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

लमजुङमा भएका २३ जना संक्रमित मध्ये २० जना नेपाली सेनामा कार्यरत रहेको निर्दैशानलयले जनाएको छ ।

हालसम्म प्रदेशमा संक्रमित एक हजार ९३६ पुगेका छन् भने एक हजार ६४३ जना निको भएका छन् । प्रदेशमा सङ्क्रमणबाट निको हुने दर ८४ दशमलव ८६ प्रतिशत रहेको छ । हालसम्म आठ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here