आज थपिए १ हजार १११ जना कोरोना संक्रमित

226


साझा पत्र
११, भदौ ।

पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाको ज्यान गएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ६२९ जनाको परिक्षण गरिएकोमा ३३४ महिला र ७७७ जना पुरुषमा कोरोना संक्रमण पुुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here