कक्षा १२ को परिक्षा दशैअघि लिने तयारी

403


साझा पत्र
१६, भदौ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दसैँअगाडि नै सञ्चालन गर्ने गरी सरकारसँग अनुमति मागेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गर्दै बोर्डले दसैँअघि नै परीक्षा गर्ने अनुमति मागेको हो ।

बोर्डका परिक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार दशै अघि नै परिक्षा गराउने तयारी गरिएको छ । सरकारले अनुमति दिएमा यदि परिस्थिति सहज भयो भने पुरानै तरिकाबाट परिक्षा लिने, कोरोना महामारी यस्तै भइरहेमा कसरी परिक्षा सञ्चालन गर्ने वकल्पको खोजी गरिने शर्माको भनाई छ ।

विद्यार्थीको एक शैक्षिक सत्र खेर जान नदिन र उपल्लो तहको शिक्षाका लागि बाटो खोल्नका लागि पनि अब ढिला नगरी परीक्षा गर्नुपर्ने बोर्डको भनाइ छ ।

सरकारले अनुमति दिएमा पूर्वसूचना दिएर परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जस्तो आन्तरिक मूल्यांकनबाट कक्षा १२ को परीक्षा नहुने बोर्डले प्रष्ट पारेको छ ।

वैशाखमा तय भएको कक्षा १२ को परीक्षा कोरोना महामारीले स्थगित भएको थियो ।

स्थगित कक्षा ११ को परीक्षा भने विद्यालयबाटै सञ्चालन हुने गरी यसअघि बोर्डले अनुमति दिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here